YOUR ADS HERE
अधिकाम्स निर्माता निर्देशकले आफ्नो चलचित्र प्रचारको थालनी बिभिन्न तडक भडकबाट गर्ने गरेका छन्। यो मामलामा केही भिन्न देखिएका छन् चलचित्र लिला युनिट।

‘लिला’ले आफ्नो प्रचार प्रसारको थालनी समाज सेवाबाट गरेको छ। निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचारको सुरुवात गरेको छ। निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको हो।

सोही कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संन्चिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले आफ्नै हातले बृद्धबृद्धालाई खाना समेत खुवाए। निर्माता मध्यका एक सिपी पौडेलले भने  ‘प्रचार प्रसारको थालनी राम्रो कामबाट गर्नुपर्छ भन्ने हिसावले बृद्धबृद्धाको सेवा गरेर सुरुवात गरेका हौ।’ 

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन्। कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन्, भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेका छन्। चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन्। 

हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको चलचित्र ‘लिला’ प्रेम, एक्सन र सस्बेन्स लगायत बिषयले भरिपुर्ण चलचित्र भएको प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए।

चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ। चलचित्र ३० भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। 
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK