YOUR ADS HERE
भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'ग्याङ्गस्टर ब्लूज' टिम यतिबेला प्रचार प्रचारलाई अघि बढाउने तयारीमा छ। केहि हप्ता पहिले रिलिज फिल्मको ट्रेलरले हाईप बढाउँदै गर्दा अनि दर्शकमा फिल्मप्रतिको चासो बढ्दै गर्दा फिल्ममा समावेश पहिलो गीत पनि रिलिज गरिएको छ।

सार्वजनिक 'अजम्बरी लाउँला पिरती' बोलको गीत सुमधुर लाग्छ। पछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत पस्केका संगीतकार कालिप्रसाद बाँस्कोटाले गीतमा संगीत भरेका छन्। गीतमा समावेश शब्दहरु छिट्टै मनमा बस्ने खालका छन्। यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी छ।

कालिप्रसादसँगै मेलिना राईले स्वर भरेको गीतमा लिड अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। फिल्ममा रोजिशा शाहि, संयम पुरी, प्रमोद अग्रहरी लगायत लिड अभिनयमा छन्, हेमराज बिसीले निर्देशन गरेको फिल्मका निर्माता सरोज न्यौपाने हुन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK