फिल्म 'विन्दास लाइफ'को विन्दास गीत रिलिज

Posted On 30 July 2017 | By Namaste Hajur
YOUR ADS HERE
नायक प्रथम खड्का र चिरन अधिकारीको साथमा नायिका सपना लामिछानेलाई फिचरिङ्ग गरिएको ‘विन्दास लाइफ’ फिल्मको पहिलो गीत रिलिज भएको छ। रोमान्टिक गीतमा दुई युवाले एक युवती निकै प्यारो लागेको भाव अभिव्यक्त गरेका छन्। 

गीतमा शान्ति प्रियको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र के बस्नेतको स्वर सुन्न सकिन्छ। राजु गिरीले निर्देशन गरेको ‘विन्दास लाइफ’ लभ स्टोरीकथामा आधारित छ। एक विन्दास केटीको चरित्र आफूले निर्वाह गरेको बताउने सपना फिल्मले सकारात्मक रिजल्ट दिनेमा आशावादी छिन्। 

यो गीतको रिलिज संगै फिल्म निर्माण यूनिटले फिल्मको रिलिज मिति समेत तय गरेको छ। आगामी पौष २१ गतेबाट प्रदर्शनमा आउने यो फिल्म रामेश्वर हुँमागाईले खिचेका हुन्। फिल्ममा राजिन भूजेलको पटकथा तथा संवाद र सुवास देवकोटाको सम्पादन रहेको छ। शंकर गिरी, काजल गिरी र रिया गिरीले संयुक्त रुपमा फिल्ममा लगानी गरेका छन्। 
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK