YOUR ADS HERE

मोरङ : पत्नी अर्कैसँग हिँडेपछि बिरक्तिएका एक व्यक्तिले दुर्इ छोराछोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको खबर आन्नपुर्न पोस्ट दैनिक ले प्रकाशित गरेको छ। 
मोरङको बेलबारी–२ का ३५ वर्षीय ताराजुन राईले दुर्इ छोराछोरीलाई पासो लाएर हत्या गरेपछि आफूले पनि शनिबार राति आत्महत्या गरेका हुन्। 
उनले तीन वर्षीया छोरी दीपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई पासो लगाएर मारेपछि आफू पनि झुन्डिएका थिए। उनले छोराछोरीलाई पासो लाएर मारेपछि आफूले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। 
ताराजुन र उनका छोराछोरीको शव आइतबार बिहान घरैमा झुण्डिएको अवस्थामा भेटिएको थियो। ताराजुनकी पत्नी एक हप्ताअघि अर्कैसँग भागेपछि उनी तनावमा थिए।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK