फिल्म जिस्म–२ बाट बलीउडमा पाइला टेकेकी क्यानाडेली पोर्न स्टार सन्नी लियोन आजकाल आफ्नो नयाँ फिल्म ‘लीला’ को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा सन्नी लियोन अभिनेता मोहित अहलावतसँग मुख्य भुमिकामा देखिने भएकी छिन् । भर्खरै फिल्म ‘लीला’ को सेटमा सन्नी यति डराइन् कि उनले आफ्ना श्रीमान डेनियल बिबरलाई बोलाइन् । श्रीमान् आएसकेपछि मात्र उनको सुटिङ पुनः सुरु भएको थियो।
फिल्म सेटमा सन्नी लियोनसँग कुरा गरिरहेका एकजना व्यक्तिको कुरा गर्ने तरिकाबाट मोहित यति धेरै रिसाए कि उनले ती व्यक्तिलाई थप्पड हानेको खबर आएको छ । सुत्रका अनुसार मोहितको आक्रामक व्यवहार देखेर सन्नी यति धेरै डराए कि उनले आफ्ना श्रीमानलाई फिल्मको सेटमा नै बोलाइन् । श्रीमानलाई बोलाएपछि मात्र आफूले फिल्मको सुटिङ गर्ने सन्नीको अडानमा कसैको केहि लागेन । आखिर उनीहरुले डेनियललाई बोलाए।
फिल्म सेटका एकजना सदस्यले भने, ‘मोहितले जे गरे, सन्नी त्यसका कारण निकै डराएकी थिइन् ।’ यहाँसम्म कि सबै स्थिती सामान्य भइसक्दा पनि उनी आफ्नो भ्यानिटी भ्यानबाट बाहिर आउन मानेकी थिइनन् । यद्यपी फिल्म निर्माता बबी खानका भाइ कोरियोग्राफर अहमद खानले यो सबै कुरा आधारहिन भएको बताएका छन्। खानले भने, ‘मोहित एक निकै गम्भीर प्रकारका अभिनेता हुन् र उनी कसैसँग पनि धेरै कुरा नगर्ने प्रकारका व्यक्ति हुन् ।’ सेटमा कसैले कसैलाई पनि थप्पड नहानेको उनले थपे।
YOUR ADS HERE
