YOUR ADS HERE
गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन्। यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन्। चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा।
‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तीजको पूर्व सन्ध्यामा सार्वजनिक भएको उक्त गजलका शब्दहरु प्रभा बर्तौलाद्वारा रचना गरिएका हुन् भने संगीत गायक गौतमकै छ। उक्त गजलमा गायक गौतमलाई गायिकाहरु सरु गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन्। आशिष अविरल यो गीतका संगीत संयोजक हुन्।
भुवन स्याङबोद्वारा निर्देशित उक्त गजलको म्युजिक भिडियोमा नयन डिसी तथा बिनिताले आकर्षक नृत्य गरेका छन्। उत्सव दहालद्वारा छायांकन गरिएको भिडियोका सम्पादक माधव बेल्बासे हुन्।

SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK