YOUR ADS HERE
गतबर्ष रिलिज भिडियो गीत ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’, जुन गीतमा नायक पल शाह र धुर्मुस सुन्तलीलाई फ़िचरिङ्ग गरिएको थियो। अहिले सोहि गीतको भिडियोको सिक्वेल रिलिज भएको छ। ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको ‘जता जता पिरतीको बाटो….’ बोललो यो गीतमा नायक पल शाहको पनि अभिनय छ। पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ।

सरोज ओलीको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत छ। उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन्। 


कार्टुन्ज क्रु का सरोज अधिकारीका अनुसार यो भिडियो आफुहरुको लागि कमब्याक भिडियो रहेको बताएका छन्। उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु आउथ्यो ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौँ। यो भिडियोको लागि हामीले २०÷२५ दिनभन्दा धेरै प्राक्टिस गरेका छौँ।’ 

यो भिडियोबाट नै आफुहरुले कमब्याक गर्न लागेकोले यसमा अरुभन्दा धेरै मेहनत गरेको कार्टुन्ज क्रुका सरोज अधिकारीको भनाई छ। उनि भन्छन्, ‘हामीले यो भिडियोको लागि अडिसन समेत लिएका थियौँ। अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो ‘जता जता पिरतीको बाटो’।’ गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK