YOUR ADS HERE
बिस्वकर्मा समुदायलाई एकै ठाउँ समेटी बिस्वकर्माहरुको आवाजलाई राष्ट्रिय पहिचानको रुपमा बुलन्द गर्न 'मिस एण्ड मिस्टर बिश्वोकर्मा २०१७' आयोजना हुने भएको छl युवा पिढी बाटनै सकारत्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने सोचसँगै 'परिवर्तनको लागीहाम्रो आवाज' मुल नाराका साथ पहिलो पटक 'मिस एण्ड  मिस्टर बिश्वकर्मा २०१७' आयोजना हुन लागेको हो। 

गत बर्ष 'मिस बिश्वकर्मा २०१६' को सफलता सँगै यो वर्ष देखि 'मिस्टर बिश्वोकर्मा' पनि थपिएको हो। तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचान र आफ्नो हक हितको लागि यो प्रतियोगिता परिवर्तन इभेन्ट हाउस प्रालिले आयोजना गर्न लागेको हो।

केहि दिन अघि सम्पन्न अडिसन राउण्डमा राजधानी र उपत्यका बाहिरका ६० जना युवायुवतीहरुबाट १५ जना युवक र  १५ जना युवती छनौट गरिएको छ।जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँगभएको सीप कलार क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागेको यस प्रतियोगितामा बिस्वकर्मा समुदाय भित्र का १०६ थरहरुलाई लक्षित गरिएको छ। 

बिस्वकर्मा समुदायलाइ एकबद्द गराई यस समुदायको हकहित र पहिचानलाइ राष्ट्र र अन्तराष्ट्रिय रुपमा प्रस्तुति गराउने लक्ष्य सहित यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। जातीयता भित्रको प्रतियोगिता आयोजना गर्न लागीएकोमा आयोजकहरु तथा सहयोगीहरु उत्साहित देखिएका छन्। यो  प्रतियोगितामा बिस्वकर्माहरुको इतिहास, आफ्नो भाषा सस्कृति, विशुद्ध युवापिडिहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता र प्रतियोगीहरुमा भएको आत्मविश्वास अभिवृद्धि गराउने कुरामा लक्षित छ। 

असोज १ गते बिश्वोकर्मा पुजाको दिन अन्तिम प्रतिस्पर्धामा बिजेता घोषण गरिने 'मिस एण्ड मिस्टर बिश्वोकर्मा २०१७'को  कोरियोग्राफि फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बाले गर्दैछिन्। कार्यक्रमलाई  राष्ट्रिय टेलिभिजन बाट प्रत्यक्ष प्रसारण सहित समापन गरिने प्रतियोगिताका संयोजक तथा इभेन्ट  म्यानेजर राज बराइलीले बताए।  

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK