YOUR ADS HERE
लोकगीतहरुका म्युजिक भिडियोकी चर्चित मोडल पार्वती राईलाइ यतिबेला ठूलो पर्दामा नायिका रुपमा देखिएकी छिन्। प्रदर्शन भइरहेको फिल्म ‘हमजाएगा’ मा उनी तक्मेबुढाको जोडी बनेर प्रस्तुत भएकी छिन्। तर, उनी आफ्नो ठूलो पर्दाको यात्रामा त्यति सहज नभएको निष्र्कषमा पुगिसकेकी छिन। ‘मलाइ त फिल्म फाप्ला जस्तो लागेन, आफ्नै अभिनय कमजोर देखें।’ उनले भनिन्।

यसअघि ‘जीवनसाथी’ मा अभिनय गरेकी पार्वतीले उक्त फिल्मवाट ठिकै प्रतिक्रिया पाएकी थिइन् तर, यसपाली ‘राम्रो गरिछस’ भन्ने साथीहरु कोही पनि भेटेकी छैनन्। फिल्म ठिकै भए पनि आफ्नो अभिनय कमजोर देखेकी पार्वती भन्छिन ‘फिल्ममा काम गर्नका लागि मेरो तयारी पुगेन कि जस्तो लाग्यो।’

३५० भन्दा बढि भिडियोमा अभिनय गरेकी पार्वतीले भिडियोमा जस्तो मज्जा फिल्मवाट लिन नपाएको बताउँछिन्। भिडियोमा बिहान काम गरेपछि बेलुका पैसा पाइन्छ भने एकसाता पछि रिलिजै हुन्छ। ‘काम पनि छिटो, प्रतिक्रिया पनि छिटो’ पार्वतीले भनिन ‘फिल्म भन्दा भिडियोमा काम गर्दा धेरै मज्जा छ।’
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK