YOUR ADS HERE

आफ्नी श्रीमतीलाई आफ्नै भाइमार्फत बलात्कार गराउने हिंश्रक मानव पनि हुँदा रहेछन् यो दुनियामा। भारतमा एक यस्तै कुख्यात अपराधी फेला परेका छन्। भारतको मुजफ्फरपूरस्थित मंसुरपुर गाउँका एक युवकले आफ्नो नपुंशकता लुकाउनका लागि आफ्नै भाइलाई भाउजु सुम्पिएका छन्।

आफ्नी नवविवाहिता श्रीमतीलाई गएको नोभेम्बर ७ को राति आफ्नै भाइमार्फत बलात्कार गराएका हुन्। प्रहरीका अनुसार अक्टोबर २७ मा विवाह गरेका ती युवक नपुंशक रहेको कुरा नवबेहुलीले थाहा पाइहालिन्। लोग्ने नपुंशक रहेको थाहा पाएर पत्नीले घर छाडि्लन् भन्ने डरले सासु तथा अन्य महिलाले उनलाई सम्झाएका थिए र लोग्नेको उपचार चलिरहेको र ठीकै निको हुने बताएका थिए।

तर ती युवती आफ्नो लोग्ने नपुंशक रहेको कुरा लुकाएर राख्ने मनसायमा थिइनन् । उनले यो कुरा आफ्नो माइतीमा पनि गरिन्। आफ्नो नपुंशकताको भेउ श्रीमतीले पाइसकेको र सो कुराले आफ्नो बेइज्जत हुन थालेको ठानेर ती युवकले नोभेम्बर ७ को रातमा श्रीमतीलाई कोठामा थुने। त्यसपछि उनीमाथि बलात्कार गर्नको लागि आफ्नो सानो भाइ र मामाको छोरालाई कोठाभित्र पठाए । यो कुरा कसैलाई भनेमा वा चिच्याएमा मारिदिने धम्की पनि दिए।

ती युवतीमाथि त्यस रात आफ्नै देवर र मामाको छोराले पटक पटक बलात्कार गरे। सो कुरा एक स्थानीय महिलाले थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। पीडित र पीडकहरुको नाम भने खुलाइएको छैन।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK