YOUR ADS HERE
म्यूजिक भिडियो हुँदै सिनेमाको यात्रा थालेका पल शाहलाई उनका फ्यानहरुले उनलाई जति म्यूजिक भिडियोमा रुचाएका छन्, चलचित्रमा पनि उत्तिकै रुचाए। पहिलो चलचित्रमा राम्रै प्रतिकृया पाएका पलले दोस्रो चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट भने निक्कै राम्रो प्रतिकृया पाएका छन्।

यसै फिल्मका कारण केहि फिल्मी अवार्ड तथा कार्यक्रमहरुमा पल र फिल्मकी नायिका पुजा शर्मालाई सँगै देखेका दर्शकले सुहाएको जोडीका रुपमा चर्चा गरे। उनै पल एक म्यूजिक भिडियोमा भने मोडल जुना सुन्दासका साथमा देखिएका छन्।

किरण भुजेलको गीत ‘बरिलै’मा डान्सिङ मुडमा जुना र पललाई जोडीका रुपमा प्रस्तुत गरिएको छ। विकास सुवेदीले निर्देशन गरेको म्यूजिक भिडियोमा पल पुर्णरुपमा डान्स सहित देखा परेका छन्। डि.पी. खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ। 

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK