YOUR ADS HERE

बलिउड नायक अभिताभ बच्चन अहिले नयाँ फिल्म ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन्। फिल्मको निर्माण कार्य भैरहँदा यसको निर्माणपक्षले अमिताभ बच्चनको लुक्स सार्वजनिक गरेको छ। तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ। लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ। यो फिल्मलाई सफल निर्देशक तथा निर्माता सुजित सरकारले निर्देशन गरिरहेका छन्।

अमिताभको लुक्स सार्वजनिक भएसँगै उनको यो लुक्सको चर्चा बलिउड मिडिया र सोसल मिडियामा निकै भैरहेको छ। केही समय अगाडि अभिताभले अन्तरवार्तामा भनेका थिए–‘छिट्टै नयाँ सिनेमा, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउने बोलेका थिए।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको सार्वजनिक तस्वीरमा देखिन्छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK