YOUR ADS HERE

तेह्रथुम, ओयाक्जुङ गाविसकी १५ वर्षीया एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन्। मोहाराङ-४ का पाँच जना युवाले उनको बलात्कार गरेको खुलेको छ। उक्त समूह मध्येको चिनजानमा रहेका एक युवकले विवाह गर्ने प्रलोभन देखाएर किशोरीलाई जंगलमा वोलाएको र साथीहरुसँग मिलेर सामुहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ।

किशोरीलाई खोरुङ्गा र ताङमायाँ खोला किनारको जंगलमा बोलाएर जर्वजस्ती करणी गरिएको प्रहरी नायव उपरीक्षक(डीएसपी) विदुरकुमार गौतमले बताए। घट्नामा संलग्न मोराहाङ ४ का २२ वर्षीय विष्णु कुमार खापुङ, १८ वर्षीय गोविन्द लिम्वु, मिलन लिम्वु, सुविन लिम्वु र जीवन विक फरार रहेको प्रहरी डीएसपी गौतमले वताए। उनीहरुको खोजी भैरहेको उनले जनाए।

किशोरीले आफु बलात्कृत भएको वारे परिवारलाई खवर गरेपछि उनका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन्। घटना गत आईतवार दिउँसो २ वजेको भएपनि पिडीतले परीवारमा ढिलो गरी खवर गरेकाले बुधबार मात्र प्रहरीमा जाहेरी परेको छ।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK